About Us

བཀྲ་ཤིས་བདེ་ལེགས །

खुम्बु एफ एम ९३.२ मेगाहर्ज
बिश्वकै सर्बोच्च स्थानबाट प्रसारण हुने एफ एम रेडियो

खुम्बु क्षेत्र भनेर परिचित खुम्बु पसाङल्हमु गाँऊपालिका, विशेष गरी शेर्पा समुदायको बाहुल्यता रहेको र आफनो छुट्टै मौलिक पहिचान भएको स्थान हो । यस क्षेत्रमा आयोजना गरिने विभिन्न धार्मिक, सामाजिक, संस्कृतिक, पर्यटन र वातावरण संरक्षण सम्बन्धी जानकारीहरू प्रशारण गरी स्थानीय बासिन्दाको सूचनाबाट सुसुचित हुने अधिकारको सुनिश्चिता गर्न स्थानीयस्तरमै खुम्बु एफ एम स्थापना गरिएको हो ।
 
खुम्बु मिडिया सेन्टर र हिमाली संचार लिमिटेडको सहकार्यमा आयोजित (श्यर्वी लोसार २०७०) को अवसरमा धर्मगुरु तेङबोचे रिन्पोछेज्यूको बाहुलीबाट खुम्बु एफ एमको विधिवत उद्घाटन भई काठमांडौ र सल्लेरीको स्टुडियोबाट प्रसारण सुरुवत गरिएकोे थियो । यस कार्यका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्न खुम्बु बहुउद्देश्यीय सहकारी संस्था, हिमाली संचार लिमिटेड र ईको हिमालको सहयोगमा काठमांडौमा अध्ययनरत शेर्पा विद्यार्थीहरुलाई रेडियो कार्यक्रम संचालन, शेर्पा लोकगीत, नृत्य तथा बाद्याबादन सम्बन्घी प्रशिक्षणहरु मार्फत क्षमता अभिबृद्धि गरिएको थियो ।
 
             “धर्म संस्कृति हाम्रो पहिचानको मुल आधर, जोगै राखौ युग हजार हजार"
 
རི་བོ་གསང་ཆོས།       
Ri-wo Sangch                 
रि वो संग्चु
 
ཀུན་བཟང་བླ་བའི་ཞལ་ལུང།    
Kunsang Lami Shal-lung      
कुन्संग लमी श्यअ लुंग
 
ས་ཀྱཱ་ལེགས་བཤད།                    
Sakya Legshed 
शाक्य लेक्शेड              
 
བར་དོ་ཐོས་གྲོལ།
Bardo Thotol                  
बर्दो थोटोल