समाचार


विश्व कै अग्लो स्थानमा रहेको यो पहिलो एफएम

नाम्चे, माघ १५ २०७२ । शेर्पा भाषा, कला सांस्कृति लोप भइ रहेको अवस्थामा  संरक्षण र प्रवधनका लागि खुम्बु मिडिया सेन्टर मार्फत खुम्बु एफएम संचालनमा आएको  छ । हालका लागि हिमाल एफएम ९०.२ मेगहर्ज  मार्फत  छ घण्टाको परिक्षण प्रसारण भइरहेको छ । निकट भविष्यमा यसको समय अवधि १२ घण्टा बनाउने तयारीमा छन । 

बिगत १० बर्ष देखि एफएम संचालन गर्न लागि परेका खुम्बु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष आङ फिन्जो शेर्पा र धर्म गुरु निमा टासी शेर्पाको सपना पुरा भएको छ । उनीहरुको लामो प्रयास पछि खुम्बु एफएम संचालनमा आएको हो  ।  
 

 खुम्बु एफएम ९३.२ मेगर्हज विशेष सोलुखुम्बु जिल्लाको माथिल्लो भेगका तिन गाविस चौरी खर्क खुम्जुङ र नाम्चेलाई लक्षित गरि संचालन गरिएको हो । यस एफएमको परिक्षण प्रसारण भए देखि खुम्बुमा रेडियो नसुन्ने मानिसहरु  पनि एफएम सुन्न थालेका छन् । आफ्नै भाषामा कार्यक्रम प्रसारण हुदा स्थानियबासी  खुसी रहेका छन । 

 

खुम्बु एफएमका संचालक एवम खुम्बु बहुउद्देश्यीय सहकारी  संस्थाका अध्यक्ष आङ फिन्जो शेर्पाले विश्वको सवौच्च शिखर सगरमाथाको ठाउ र नेपालको एक पर्यटकीय स्थलमा सुचना र संचारको विकासका लागि खुम्बु एफएम संचालन गरको बताए ।  उनले एफएम संचालनका लागि धेरै पहिला देखि तयारी गरेको थियो ।  लामो समयको प्रयासपछि यस बर्ष देखि हिमाल एफएमबाट खुम्बु एफएमको प्रसारण भइ रहेको छ । यस एफएमले सम्पुर्ण शेर्पा समुदायलाई प्रभाव पार्ने शेर्पा बताउछन । उनले  एफएम मार्फत शेर्पा भाषा काल सांस्कृतिको संरक्षण एमव संबधन गर्नमा सहयोग गर्ने बताए । भविष्यमा नाम्चेमा पनि यसको स्टेसन स्थापना गरि पर्यटकीय एमव वातावरण सम्बधि कार्यक्रम संचालनको तयारीमा खुम्बु एफएम रहेको शेर्पा बताउछन । 

 

एफएमका बारेमा संचालक धर्म गुरु ङिमा टासी शेर्पाले सयौ थुगा फुलका हामी एउटै माला नेपाली भने जस्तै हामी शेर्पाहरु पनि एउटा थुगा भएकोले शेर्पा भाषा कला, सांस्कृतिको प्रचार प्रसार गर्ने एउटा माध्यमको रुपमा खुम्बु एफएम रहेको बताउछन ।  अहिलेको २१ औँ शताब्दिका युवाहरु  बढी अन्य भाषा, संस्कृतिसगँ नजिक रहेको अवश्थामा शेर्पाहरुको परम्परागत, चालचलन र रितिरिवाजलाई सुचना संचारको माध्यम प्रयोग गरि संरक्षण गर्न  एफएम संचालन गरेको लामा बताउछन ।  

 

अहिले खुम्बु एफएममा खुम्बुका तिन गाविस(चौरी खर्क खुम्जुङ र नाम्चे)का आठ जना आरजेहरुले शेर्पा भाषाको कार्यक्रम संचालन गर्दै आएका  छन । इको हिमाल मार्फत संचालन भएको ३५ दिने रेडियो सम्बधित तालिम पश्चत उनीहरु हाल रेडियोमा कार्यरत छन । 

कुल ३५ जना मध्ये  १८ जना छनोट गरि  ८ जनालाई कार्यक्रम संचालनका लागि छनोट गरि कार्यक्रम संचालनको जिम्मा दिएको हो । 

 

लोसार देखि यस एफएमलाई दैनिक ५ घण्टा बनाउने तयारीमा छन, खुम्बु मिडिया सेन्टर ।  यही फागुन तिन गते हायत चौर चुच्चेपाटीमा हुन लागेको शेवी लोसार कार्यक्रममा खुम्बु एफएमको उद्घाटन तेङ्बुचे गुम्बाका औतारी लामा –ङवाङ तेन्जिङ जाङबो) ले गर्नुहुने भएको छ । 

 एफएम नेपालको ४७ जिल्लामा सुन्न सकिने संचालन बताउछन ।

 

खुम्बु क्षेत्र एक पर्यटकीय स्थल पनि भएकोले गर्दा पर्यटन, बातावरण र फोनिङ कार्यक्रम संचालन गर्ने र अनलाइन मार्फत विश्व शेर्पा समुदायमा आफ्नो भाषा कला, सांस्कृृतिको बारेमा जानकारी दिने तयारीमा रहेको छ खुम्बु एफएम । 

 

विश्व कै अग्लो स्थानमा  रहेको यो पहिलो एफएम भएकोले गिनिज बुकमा नाम लेखाउने तयरीमा रहेको आङ फिन्जो शेर्पाले बताए । उनले विश्वमा अहिलेसम्म यस्तो अग्लो ठाउमा एफएम नभएकोले खुम्बु एफएमलाई गिनिज बुकमा नाम लेखाउनका लागि तयारी गरि रहेको शेर्पा बताउछन ।