खुम्बु एफएम

खुम्बु एफ एम
रेडियो प्रसारणलाई प्रभावकारी र गुणस्तरिय बनाउन स्याङबोचेमा खुम्बु एफ एम स्टेशन स्थापना गरेको छ भने हाल नाम्चे बजारमा यसको स्टुडियो रहेको छ । समुन्द्र सतहबाट ३,९०० मिटर (१२,८०० फीट) को  उचाईमा स्थापित यस एफ एम बिश्वकै सर्बोच्च स्थानमा अवस्थित रेडियो स्टेशन भएको छ ।
 
हाल खुम्बु एफएम ९३.२ मेगाहर्ज र पुर्वी नेपालको सर्वोत्कृष्ट रेडियो, हिमाल एफ एम ९०.२ मेगाहर्ज मार्फत मुलुकको आधा भन्दा बढी स्थानमा आफनो पहुंच राखेको छ भने विश्वभर अनलाईनबाट प्रत्यक्ष सुन्न सकिन्छ । खुम्बु एफ एमले आफुलाई नेपालकै पहिलो पर्यटकिय रेडियोको रुपमा स्थापना गर्ने भएको छ । यस एफ एमद्धारा जनचेतनामूलक कार्यक्रमहरु स्थानिय शेर्पा तथा नेपाली भाषामा प्रशारण गरिदै आएको छ।
 
उद्देश्य
क) खुम्बु क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण स्थानीयबासीलाई स्थानीयस्तरमा आयोजना भएका कार्यक्रमहरुको वारे जानकारी गराउँने ।
ख) खुम्बु क्षेत्रमा सदियौं देखि अंगाल्दै आएको धर्म, संस्कृति र परम्पराको महत्वबारे युवा पुस्ता लगायत सम्पूर्णलाई सुसुचित गर्ने ।
घ) पर्यटन र वातावरण संरक्षण, सम्बर्धन सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू प्रशारण गर्ने ।